उपत्यकाका तीनै जिल्लामा निःशुल्क कोरोना खोप अभियान, कहाँ कति बजे जाने ?

आगामी १५ दिनमा ७५ लाखलाई खोप लगाउने सरकारको लक्ष्य


१५ पुष २०७८, बिहीबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खोप केन्द्रमा गई १८ वर्षभन्दा माथि उमेरका र गर्भवती भएको ३ महिना नाघेका सबै नागरिकलाई जति सक्दो छिटो खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

आगामी १५ दिनमा ७५ लाखलाई खोप लगाउने सरकारको लक्ष्य
कोभिड महामारीको जोखिम कम गर्न सरकारले दैनिक औसत पाँच लाखका दरले खोप लगाउने तयारी गरेको छ । आगामी दुई सातासम्म अभियान नै सञ्चालन गरेर खोप लगाउने सरकारको योजना छ । युरोपलगायत कतिपय देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तेस्रो लहरका रूपमा देखा परेकाले त्यसको असर नेपालसम्म पर्ने अनुमान गर्दै सरकारले यस्तो अभियान थालेको हो ।

अहिले खोप भएको अवस्थामा यसलाई सबैको पहुँचमा पुग्ने गरी लगाउनु पर्छ । खोप लगाएका मानिसमा ‘ओमिक्रोन’ संक्रमण भए पनि अस्पताल भर्ना गराउने संख्यामा धेरै कमी ल्याउनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनमा ७५ लाख नागरिकलाई खोप दिने लक्ष्य लिएको र सोही लक्ष्य पूरा गर्न अभियान थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका स्वास्थ्यविज्ञ सल्लाहकार प्रा.डा. आरपी बिच्छाले दुई साताभित्र कम्तीमा ७५ लाखलाई खोप लगाएर थप डोज सुरु गर्ने तयारी भएको बताए ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले ‘पाँच लाख प्रतिदिन, १५ दिन’ अभियानकै रूपमा सुरु भएको जानकारी दिए । सोमबारदेखि यो अभियान सुरु भएको हो । जसअनुसार सोमबार पाँच लाख ६८ हजार तीन सय १९, मंगलबार दुई लाख ८३ हजार दुई सय ६५ र बुधबार दुई लाख दुई हजार ६ सय ८७ ले खोप लगाएका छज् । नेपालमा हालसम्म दुई करोड ४० लाख २३ हजार पाँच सय ६१ ले खोप लगाएका छन् । जसमध्ये एक मात्रा लगाउने एक करोड ३७ लाख ९४ हजार चार सय १७ र दुई मात्रा लगाउने एक करोड दुई लाख २९ हजार एक सय ४४ जना छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अझै एक करोडभन्दा बढी डोज खोप मौज्दात छ । ठूलो मात्रामा खोप मौज्दात हुँदासमेत दैनिक एकदेखि डेढ लाख मात्रा खोप चल्दै आएको थियो । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले ‘ओमिक्रोन’ बाट बच्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताए । ‘अहिले खोप भएको अवस्थामा यसलाई सबैको पहुँचमा पुग्ने गरी लगाउनुपर्छ । खोप लगाएका मानिसमा ‘ओमिक्रोन’ संक्रमण भए पनि अस्पताल भर्ना गराउने संख्यामा धेरै कमी ल्याउनेछ,’ उनले भने ।


कहाँ, कति बजे खोप लगाउन पाइन्छ ? हेर्नुहोस् तीन वटै जिल्लाका सूचना

1 6
2 6
3 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७