कस्तो रहनेछ आजको मौसम ?


१५ पुष २०७८, बिहीबार
kathamandu upatiyaka scaled

काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
मंगलबारदेखि देशव्यापी रूपमा भइरहेको मौसम बदली, वर्षा र हिमपात आज (बिहीबार) बाट रोकिने मोसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आजबाट मौसम सुधार हुने संकेत देखिएको हो ।

‘पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ’, मौसमविद् बासीले बिहीबार बिहान भनिन्, ‘हिजो जस्तो देशव्यापी रूपमा आज हुँदैन ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ । वर्षा र हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश-१ एक वा दुई स्थानहरूमा हल्का वर्षा र उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार भने देशभर आंशिक बदलीको सम्भावना रहेको छ । बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७