बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा पन्त नियुक्त


१५ पुष २०७८, बिहीबार
krishna 2 e1631332232983 au7DUaKtmp

काठमाडौं । बागमती प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारको पुस ९ गतेको बसेको बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको हो ।

चितवन घर भएका पन्तलाई बुधबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । नव नियुक्त उपाध्यक्ष पन्त नेकपा एकीकृत समाजवादी पार्टी निकट हुन् ।

आयोगको सदस्यमा क्रमशः मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई आयोगको सदस्यमा नियुक्त गरेको हो । नेपाल कांग्रेस निकट हुन् भने लामिछाने नेकपा (माओवादी केन्द्र) निकट हुन् । लामिछाने संविधानसभा सदस्य समेत हुन् ।

आयोगको अध्यक्षमा भने मुख्यमन्त्री स्वयं रहने व्यवस्था रहेको छ । आयोगमा अध्यक्ष र उपाध्यक्षसहित चार जना सदस्य गरी पाँच सदस्यीय रहने व्यवस्था रहेको छ । सरकारले हाल उपाध्यक्षसहित दुई सदस्य मात्रै नियुक्त गरेको छ । अन्य सदस्य समावेशीता क्षेत्रबाट महिला अनिवार्य रहने गरी नियुक्त गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७