तेलको ट्याङ्कर त्रिशूलीमा खस्यो : चालक र सहचालक सम्पर्कविहीन


१५ पुष २०७८, बिहीबार
IMG 0013.00 03 12 44.Still011

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर हिजो साँझ त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका-६ नौ किलेबाट त्रिशूलीमा खसेको हो ।

ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए । ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ । घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७