हिमपातले बन्द भीमदत्त राजमार्ग डोजरले हिउँ पन्छाएर खुलाइयो


१५ पुष २०७८, बिहीबार
Snowfall at Khodpe Bajar Baitadi 3

डोटी । हिमपातका कारण हिजो बिहानदेखि बन्द भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलेको छ ।
सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

भीमदत्त राजमार्गको गैरा, साहुँखर्क र हगेल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यातायात सेवा प्रभावित भएको थियो । गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए । राजमार्ग खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका घण्टेश्वर प्रहरी चौकी गैराले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७