म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हरायो, चेल्सी र ब्राइटनको बराबरी


१५ पुष २०७८, बिहीबार
man city z3DLUFqXYp

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ । आज बिहान भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १-० गोलले हराएको हो ।

सिटीका फिल फोडेनले खेलको १६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । सिटी अंक तालिकाको शीर्षस्थानमा कायमै छ । उसको २० खेलमा ५० अङ्क छ । अर्को खेलमा चेल्सी र ब्राइटनले बराबरी खेलेका छन् ।

चेल्सी र ब्राइटनले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । चेल्सीले खेलको २८औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट अग्रता बनाएको थियो तर अन्तिममा जोगाउन नसक्दा खेल बराबरी भयो । अङ्क तालिकामा दोस्रो स्थानमा रहेको चेल्सीको २० खेलमा ४२ अङ्क छ । शीर्ष स्थानको सिटी चेल्सीभन्दा ८ अङ्कले अगाडि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७