शीर्ष कर्मचारी पक्राउ परेसँगै बन्द भयो हङकङको ‘स्ट्यान्ड न्युज’


१५ पुष २०७८, बिहीबार
hongkong media arrest UQZHO6FLMJ

काठमाडौं । हङकङमा बाँकी रहेका प्रजातन्त्र पक्षधर अन्तिम मिडियामध्येको स्ट्यान्ड न्युज बन्द भएको छ । हङकङको राष्ट्रिय सुरक्षा प्रहरीले बुधबार स्ट्यान्ड न्युजको कार्यालयमा छापा मार्दै सात जना वर्तमान र पूर्व शीर्ष कर्मचारीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई देशद्रोही सामग्री प्रकाशन गरेर वितरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । कर्मचारीहरु पक्राउ गरेसँगै स्ट्यान्ड न्युजले सामाजिक सञ्जाल फेसबुकमा तत्कालदेखि लागू हुने गरी आफ्नो सेवा बन्द हुने जानकारी दिएको छ । बुधबार स्ट्यान्ड न्युजको कार्यालयमा २ सयभन्दा धेरै प्रहरीले छापा मारेका थिए ।

हङकङ प्रहरीले भने बुधबार छापा मार्ने क्रममा पत्रकारिताका सामग्रीहरु बरामद गरिएको बताएको छ । स्ट्यान्ड न्युजले आफ्नो वेबसाइट अब अपडेट हुन बन्द हुने र सामाजिक सञ्जालका कन्टेन्टहरु हटाउने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७