दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दो : जनसांख्यिक संकट निम्तिने चिन्ता


१५ पुष २०७८, बिहीबार
3197

सोल । दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दोक्रममा देखिएको छ । कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुको संख्या २० हजार ७ सय ३६ थियो । यो एक वर्ष पहिलेको भन्दा ५ दशमलव २ प्रतिशतले कमी हो ।

सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको संख्या दुई लाख २४ हजार २ सय १६ रहेको थियो । यो संख्या गएको वर्षभन्दा ३ दशमलव ६ प्रतिशतले कमी हो । विवाहमा ढिलाइले बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको संख्या कम हुँदै गएको छ ।

पछिल्लो सार्वजनिक तथ्याङ्क अनुसार जन्मदरमा आएको निरन्तरको कमीले दक्षिण कोरियामा जनसांख्यिक सङ्कट निम्तिने चिन्ता समेत बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७