प्रचण्डले दिए तमु ल्होसारको शुभकामना


१५ पुष २०७८, बिहीबार
prachanda

काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु ल्होसारको शुभकामना दिएका छन् । बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देशविदेशमा रहेका सबै नेपालीहरूलाई सु-स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएको भन्दै उनले नेपाली समाजको यही विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश रहेको उल्लेख गरेका छन् ।

देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ भएकोले यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७