कोरोनाका कारण आजदेखि साउदीमा कडाइ, नेपाली दूतावासले गर्‍यो यस्तो आग्रह


१५ पुष २०७८, बिहीबार
saudi

काठमाडौं । पछिल्ला दिनमा साउदी अरबमा कोरोना भाइरस संक्रमण फैलिन थालेपछि त्यहाँको सरकारले पुनः कडाइ थालेको छ । सरकारले अनिवार्यरुपमा फेस मास्क लगाउने र भौतिक दूरी कायम गर्न अनिवार्य गरेको हो ।

बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने सरकारी नियम छ यस्तै कम्तिमा १.५ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचनामार्फत सम्पूर्ण नेपाली श्रमिकलाई यो नियमको पूणर् पालना गर्न गराउन हुन अनुरोध गरेको छ ।
साउदी अरबमा केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड-१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेको छ । तथ्यांकअनुसार दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको छ । साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७