चर्चित र्‍यापर ‘लाहुरे’ पक्राउ


१५ पुष २०७८, बिहीबार
lahure rapper11640850459

पोखरा । चर्चित र्‍यापर आशिष राना अर्थात् ‘लाहुरे’ पोखरामा पक्राउ परेका छन् । लागुऔषध कारोबारसम्बन्धी मुद्दामा मुछिएपछि उनलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो । उनी पोखराकै हुन् ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि विस्तृत विवरण दिन इन्कार गरेको छ । ‘हो, उहाँ हामीसँगै हुनुहुन्छ । उहाँसँगै ४ जनालाई अनुसन्धानका लागि हामीले पोखराबाटै ल्याएका हौं । उहाँको संलग्नता छ कि छैन भन्ने अनुसन्धानकै क्रममा छ’, कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले बिहीबार भने, ‘लागुऔषधको मुद्दा संवेदनशील हो, अनुसन्धान अगाडि सबै कुरा भनिँदैन । कसैलाई पनि खोल्दैनौं । तपाईंले उहाँ सेलिब्रेटी भएर थाहा पाउनु भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७