माओवादी अधिवेशन : नयाँ नेतृत्व चयन प्रक्रिया आजै शुरु गरिने


१५ पुष २०७८, बिहीबार

काठमाडौं । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज पनि बन्द सत्र जारी छ । अध्यक्ष प्रचण्डले सोमबार पेस गरेको राजनीतिक प्रतिवेदनमा गरिएको समहूगत छलफलमा प्राप्त सुझाव पेस गर्ने सिलसिला आज पनि जारी रहने भएको हो ।

२५ समूहमध्ये हिजो बुधबार ११ वटाले आफ्ना सुझाव प्रस्तुत गरिसकेका छन् । अब आज बाँकी १४ समूहले आफ्ना सुझाव पेस गर्दैछन् । बिहान ११ बजे समूहगत सुझाव प्रस्तुतीकरण शुरु भइसकेको छ ।

सुझाव पेस गरेपछि स्थायी समितिका सदस्यले पनि छुट्टै सुझाव दिनेछन् । यो चरण सकिएपछि आजै नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गर्ने तयारी गरिएको माओवादी केन्द्रको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७