भीम रावलको प्रश्न : भारतले नेपालको भूमि नक्सामा राख्दा सरकार किन मौन ?


१५ पुष २०७८, बिहीबार
Bhim Rawal 1

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका रावलले महाकाली नदीको नाम फेरेर भारतले नेपालीको लिम्पियाधुरा र लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन भन्दै प्रश्न गरेका हुन् ।

उनले गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको आरोप लगाएका छन् । उनले भने, ‘गठबन्धन सरकार भन्नेहरु प्रदेशमा मन्त्रालय फुटाएर भए पनि पदको भागबण्डामा र अरु पार्टी गुटबन्दीमै व्यस्त हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७