बेलायतमा बढ्दै कोरोना संक्रमण, एकै दिन एक लाख ८३ हजार बढी संक्रमित


१५ पुष २०७८, बिहीबार
covid 19 london cases transmission

काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि एक लाख ८३ हजार ३७ संक्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

अधिकारीहरूले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यति धेरै संक्रमितहरू भेटिएको यो पहिलो घटना हो । यसअघि यहाँ सोमबार करिब एक लाख ३० हजार जनामा यो संक्रमण भेटिएको बताइएको थियो। यसैगरी मंगलबार यहाँ कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार मात्र यहाँ संक्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।

मंगलबार यहाँ मृत्यु हुनेको संख्या पनि बढेको पाइएको हो । यहाँ अहिलेसम्ममा एक करोड २५ लाखभन्दा बढी संक्रमित पाइएका छन् । त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरूले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि एक लाख ४८ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ, जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरूमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरूको संख्या पनि बढ्दो देखिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७