काठमाडौं नयाँ बसपार्कमा सामुहिक बलात्कार : यी हुन् नौं अभियुक्त


१५ पुष २०७८, बिहीबार
nayabuspark balatkar 9 0Dhgw6e2ja 1

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका नौं जनामध्ये ८ जना एकै जिल्ला अर्थात् मुगुको पाइएको छ । प्रहरीका अनुसार एक जना मात्र अर्घाखाँचीका हुन् ।

एक जना ३४ वर्षीया महिलालाई उनीहरूले नयाँ बसपार्कका विभिन्न गेस्टहाउसमा लगेर गत सोमबार साँझदेखि मंगलबार बिहानसम्म पालैपालो बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर (काठमाडौं) का प्रवक्ता मैनालीका अनुसार पीडितको उजुरीका आधारमा ७ जनालाई मंगलबार राति नै र दुई जनालाई बुधबार अपराह्नसम्म पक्राउ गरिएको हो ।

प्रहरी परिसरका अनुसार पक्राउ गरिएका व्यक्तिहरूमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोट घर भएका २३ वर्षका हिक्मत नेपाली, झाकोटकै वर्ष २३ का शिवहरी बुढा, वर्ष २४ का युवराज बडुवाल, सोही वडाका २२ वर्षीय रतन नेपाली, सोही वडाका १९ वर्षका दीपक नेपाली, २५ वर्षीय हस्त नेपाली र २४ वर्षका चन्द्र साउद छन् ।

यस्तै अन्य अभियुक्तमा मुगुकै रारा नगरपालिका वडा नम्बर ६, लिउडी घर भएका २१ वर्षीय सुरेश सैजवाल र अर्घाखाँचीको शीतगंगा नगरपालिका १२ घर भई कपिलवस्तुको बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष छन् । सीसीटीभी फुटेज र सूचनाका आधारमा उनीहरूलाई नयाँ बसपार्ककै विभिन्न स्थानबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनीहरू महानगरीय प्रहरी वृत्त (महाराजगन्ज) को हिरासतमा छन् ।

प्रहरीका अनुसार ती महिलालाई सुरुमा एक जनाले फकाएर गेस्ट हाउसमा लगेको र त्यसपछि अरुले पनि पालैपालो विभिन्न गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् । पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७