भारतमा किन विवादित बन्यो रोनाल्डोको मूर्ति ?


१५ पुष २०७८, बिहीबार
why is ronaldos statue in debate in india1640836352

काठमाडौं । भारतको पश्चिम गोवामा निर्माण गरिएको विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको मूर्ति यतिबेला विवादमा आएको छ । फुटबल अत्यधिक लोकप्रिय रहेको ठाउँ भएर पनि युवाहरुलाई सो मूर्तिले प्रेरित गर्ने अपेक्षासहित अधिकारीहरुले त्यसलाई स्थापित गराएका थिए ।

तर अर्कोतर्फ गोवा पूर्व पोर्चुगिज कोलोनी पनि हो र त्यसबाट स्वतन्त्र भएको ६० वर्ष मात्र भएको छ । यस्तोमा आलोचकहरुले स्थानीय फुटबल खेलाडी सम्मानको बढी हकदार भएको बताइरहेका छन् । राष्ट्रिय टोलीका थुप्रै सदस्यहरु गोवाको भएको हुँदा पनि उनीहरुको प्रचार गर्न सकिने बताइएको छ । गोवाका एक स्थानीयले इआन्स न्युज एजेन्सीसँग भने, ‘हामी यहाँ रोनाल्डोको मूर्ति राखिएका प्रति एकदमै निराश बनाएको छ । किनकी हामीले आफ्नै आइकन्स जस्तै समिर नाइक र ब्रुनो कोटिन्होप्रति गर्व गर्न सिक्नु पर्दछ ।’

यसरी मूर्तिको उद्घाटनकै बेला केही मानिसहरुले यसको विरोधमा कालो झन्डा पनि देखाएको टाइम्स अफ इण्डिया दैनिकले रिपोर्ट गरेको थियो । यता पोर्चुगलकै फुटबल टिम गोवामा अत्यन्तै लोकप्रिय मानिन्छ । कुनै समय पोर्चुगलको उपनिवेश भएकाले पनि धेरै स्थानीयहरु या तिनका परिवार पोर्चुगलमा बसोबास गरेका पनि धेरै छन् ।

तरपनि केही स्टेटहरुले गोवा पोर्चुगलबाट स्वतन्त्र भएको ६० औं वार्षिकोत्सवकै समयमा सो मूर्ति स्थापित गर्नु अपमानजनक भएको प्रतिक्रिया दिइरहेका छन् । बेलायती शासनबाट भारत मुक्त भइसकेपछि पनि १४ वर्षसम्म गोवा चाहिँ पोर्चुगलकै कब्जामा थियो । त्यसैले यसले गोवामा स्वतन्त्रताको लडाइँ लड्नेहरुको ठूलो अपमान भएको उनीहरुको भनाइ छ ।

हाल म्यान्चेस्टर युनाइटेडका लागि खेल्ने रोनाल्डो विश्वभरमै सबैभन्दा मनपर्ने खेलाडी हुन् । उनलाई फुटबल इतिहासकै एक उत्कृष्ट खेलाडी मानिन्छ । हाल यस घटनाबारे उनले कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७