चन्द्रागिरीमा युवक मृत फेला


१५ पुष २०७८, बिहीबार
death

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा युवक मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका-४ स्थित सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले बताए ।

मृत फेला परेका लामा काठमाडौंको नागार्जुन नगरपालिका-१ का स्थानीय हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली घटनास्थलमा पुगेका छन् । फोरेन्सिक चिकित्सकले घटनास्थल निरीक्षण गरेपछि शव पोष्टमार्टमका लागि पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७