सेन्ट्रल जोन भलिवल विजेता टोली स्वदेश फर्कियो (फोटो फिचर)


१५ पुष २०७८, बिहीबार
266332698 1234686810354792 3692863331032847949 n1640849494

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर फर्किएको नेपाली महिला भलिबल टोलीलाई आज (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएर लगातार दोस्रो पटक उपाधि उचालेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्र चन्दलगायत संघका पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाली महिला टोलीले अपराजित रहँदै उपाधि उचालेको हो । नेपाल पहिलो खेलमा श्रीलंका र फाइनलमा उज्वेकिस्तानसँग दुई-दुई सेट हार्नु बाँकी अरू सबै सेट जितेको थियो । नेपालले लिग चरणमा आयोजक बंगलादेश, माल्दिभ्स र कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको उपाधि पनि जितेको थियो । पहिलो संस्करणमा नेपालले कुनै पनि सेट गुमाएको थिएन । नेपालले फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएर उपाधि जितेको थियो । त्यो नेपाली महिला भलिबलमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पदक थियो ।
हेर्नुस् तस्विरहरु

1 7
2 7
3 2
4 1
5 1
6 1
7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७