जम्मु-कश्मिरमा दुई पाकिस्तानीसहित ६ आतंकवादी मारिए


१५ पुष २०७८, बिहीबार
jammu kashmir terror

काठमाडौं । जम्मु कश्मिरको कुलगाम र अनन्तनाग जिल्लामा फरक फरक इन्काउन्टरमा ६ आतङ्कवादी मारिएका छन् । जैस ई मोहम्मद आतङ्कवादी सङ्गठनसँग संलग्न रहेको ६ वटै आतङ्कवादीमध्ये चार जनाको पहिचान भएको छ । जसमा दुई पाकिस्तानी र दुई स्थानीय भएको पुष्टि भएको छ ।

कश्मिरका इन्स्पेक्टर जनरल अफ पुलिस विजय कुमारले फायरका क्रममा दुई सेना र एक प्रहरी जवान घाइते भएका थिए । घाइतेमध्ये एक सैनिकले सहिद भएका छन् भने अन्य दुईको अवस्था स्थिर रहेको छ ।

एक गोप्य सूचनाका आधारमा प्रहरी, सेना र सीआरपीएफले अपरेसन चलाएको र सो क्रममा आतङ्कवादी हरुले सुरक्षा बलमाथि फायरिङ गरेको उनले बताएका छन् । एक आतङ्कवादी अझै लुकेर बसेको आशङ्कामा अपरेसन जारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७