पाँच हजार जङ्गली सारस मरेपछि ‘एभियन फ्लु’ नियन्त्रणमा लाग्दै इजरायल


१५ पुष २०७८, बिहीबार
avian flu1640836456

काठमाडौं । यतिबेला इजरायलमा ‘एभियन फ्लु’ अर्थात बर्डफ्लु नियन्त्रण गर्नकै लागि भनेर दशौं हजारको संख्यामा टर्की चरा नष्ट गरिएको छ । यसअघि हेला नेचर रिजर्भमा ५ हजार जंगली सारसहरु फ्लुकै कारण मृत अवस्थामा फेला परेका थिए । सो घटनालाई वातावरण मन्त्री तमर जेन्डबर्गले इजरायलको वन्यजन्तु इतिहासकै सबैभन्दा ठूलो झट्का बताएका छन् ।

यस्तोमा स्थानीय कुखुरा कृषकहरु पनि पचास हजार बढी कुखुरा नष्ट गर्न बाध्य भएका हुन् । यसले विशेषगरी अण्डाको अभाव सिर्जना गर्ने चिन्ता बढाएको छ । हालसम्म उक्त ‘ए (एच५एन१ज) ’ भाइरस चराहरुबाट मान्छेमा सरेको रिपोर्ट गरिएको छैन । तरपनि प्रधानमन्त्री नफ्तली बेटेनले राष्ट्रिय सुरक्षा सल्लाहकारसहित अन्य विज्ञहरुसँग पनि भेट गरि रोगलाई अन्य जीवमा सर्नबाट रोक्न थप कदमबारे छलफल गरेका हुन् । यसमा संक्रमित चरासँग सम्पर्कमा आएका मानिसहरुलाई पनि विशेष सावधानीपूणर् उपचार दिलाइएको छ ।

चराबाट मान्छेमा फ्लु सर्नुलाई अत्यन्तै दुर्लभ मानिन्छ । तर पनि २००३ पछि देखि विश्वभरबाट हालसम्म यसबाट संक्रमित ४५६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको डाटामा उल्लेख छ । हाल हुला तालमा तैरिरहेका हजारौं मृत सारसलाई सुरक्षित पहिरन लगाएर रेन्जरहरुले निकालिरहेका थुप्रै तस्बिरहरु सार्वजनिक गरिएका छन् ।

निकायले रिपोर्ट गरे अनुसार अहिले हुला भ्याली भर २५० सारस बाँकी छन् भने देशभरबाट अन्य ३० बिरामी सारस फेला पारिएको बताइएको छ । एभियन फ्लु भाइरस कतिपय चराहरुमा प्राकृतिक रुपमा हुन्छ जसले कुनै लक्षण पनि देखाउँदैनन् । तर स्थानीय चराहरु यसको उच्च जोखिममा हुन्छन् । सो भाइरस तीव्र रुपमा फैलन सक्ने भएकाले व्यवसायिक रुपमा उपभोग गरिने चराहरुमा देखा पर्नासाथ देशैभरका अन्य सबै चराहरु नष्ट गर्न सुझाव दिइन्छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७