ब्राजिलका ११६ शहर डुबान, संकटकाल घोषणा


१५ पुष २०७८, बिहीबार
floodbrasil1 20211230091842

काठमाडौं । ब्राजिलको उत्तर-पूर्वी बाहिया प्रान्त र वरिपरिका ११६ शहरहरु डुबानमा परेका छन् । सो प्रान्तमा बाँध भत्किएको तीन दिन वितिसक्दा पनि करिब ११६ शहरहरु अझै डुबानमा परेका हुन् ।

नोभेम्बर अन्तिमदेखिको निरन्तर वर्षापछि बाहिया प्रान्तमा केही दिनअघि दुईवटा बाँध भत्किएका थिए । सो बाँध भत्किएपछि र वर्षासँगै आएको बाढीपछि सो क्षेत्रमा मंगलबारसम्म २१ मानिसले ज्यान गुमाएका थिए भने करिब ३५८ मानिस घाइते बनेका थिए । बुधबारसम्म करिब ११६ शहरका करिब ४ लाख ७० हजार मानिस प्रभावित भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ ।

सो बाढी र डुबानपछि प्रान्तीय सरकारले केही दिनसम्मको लागि संकटकाल घोषणा गरेको छ । सरकारी रिपोर्टअनुसार हालसम्म करिब ३५ हजार मानिस घरबारविहीन बनेका छन् भने ४३ हजार मानिस विस्थापित बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७