५६ करोड मागदावीसहित तीन कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर


१५ पुष २०७८, बिहीबार
uchha adalat patan mK9r8DwUKI

काठमाडौं । राजस्व अनसन्धान विभागले ठगी मुद्दाको आरोपमा तीन कम्पनीविरुद्ध पाटन उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले नक्कली बिल प्रयोग गरि राजस्व छलि गर्ने बारा जितपुरको दुई वटा फर्म युनिक लुद्दिन इन्टरनेशनल प्रालि र न्यू माया ट्रेड कन्सर्न र अबैध सुन ओसारपसारमा संलग्न काठमाडौंस्थित मैतीदेवीको बुद्ध ज्वेलरी वर्कसपलाई कारबाही गरेको हो ।

विभागका अनुुसार युनिक लुनिले वस्तु खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि बिल प्रयोग गरी ५ करोड ३५ लाख १२ हजार ८०४ रुपैयाँ मूल्य अभिवृद्धि कर, ९ करोड ३४ लाख २७ हजार ११ रुपैयाँ आयकर र १ करोड ३५ लाख ९ हजार ६१८ गरी कुल १६ करोड चार लाख ४६ हजार ३३ रुपैयाँ राजस्व छलि गरेको छ ।

कम्पनीका प्रतिवादी जमाद्दिन अंसारी, जय किशोर साह, सुर्यजित प्रसाद साह र तायनाथ अधिकारीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गर्दै विभागले १६ करोड ४ लाख ४६ हजार ४३३ बिगो दाबीसहित कुल ३२ करोड ८ लाख ९२ जार ८६६ रुपैयाँ सजाय माग दाबी गरको छ ।
यस्तै नक्कली बिल प्रयोग गरी राजस्व छलि गर्ने माया ट्रेडले पनि विभागले ३१ लाख ४२ हजार ६५६ रुपैयाँ बिगोदाबीसहित कुल ६२ लाख ८५ हजार ३१२ रुपैयाँ बराबरको सजाय माग गरेको छ ।

यता मैतिदेबीस्थित बुद्ध ज्वेलरी विदेशबाट अवैध सुनको ओसार पसार गरी राज्यलाई नोक्सान पुर्‍याएको भन्दै विभागले पाटन उच्च अदालतमा फर्मविरुद्ध मुद्दा दायर गर्दै १२ करोड ५ लाख ८५ हजार ९७८ रुपैयाँ विगादाबीसहित २४ करोड ११ लाख ७१ हजार ९५६ रुपैयाँ मागदाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७