माओवादीको स्थायी कमिटी बैठक शुरु, नयाँ नेतृत्व चयनको विधि तय गर्ने


१५ पुष २०७८, बिहीबार
269771779 665217411143461 2434543367733355578 n1640495935

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ । आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २५ समूहले रिपोर्टिङ प्रस्तुत गरेलगत्तै स्थायी कमिटी बैठक बसेको हो ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ । माओवादीको महाधिवेशन अन्तर्गत शुक्रबार प्रचण्डले प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिनेछन् । बैठकले माओवादी केन्द्रको २९९ सदस्यीय नयाँ नेतृत्व चयन विधिबारे छलफल गरिने एक नेताले जानकारी दिए ।

यस्तै प्रदेश-२ का प्रतिनिधिले बन्दसत्रका अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोखरेललाई ‘अपराधी’ भनेको विषयमा पनि आज दिउँसो बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले भोलि निणर्य सुनाउने जवाफ दिएका छन् । बन्द सत्र हलमा प्रवक्ता महराले सो जानकारी दिएका हुन् ।

निर्वाचन प्रक्रिया शुरु भएपछि केन्द्रीय समिति संख्या पेश गर्न पनि अहिले स्थायी समिति बसेको हो । बैठकले केन्द्रीय समितिको संख्याबारे पनि पुनर्विचार गर्न सक्ने एक नेताले जानकारी दिए । हाल माओवादीले १५ जना पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७