टुँडिखेलमा ‘तमु ल्होसार’ (तस्विरहरु)


१५ पुष २०७८, बिहीबार
tamu losar तमु ल्होसार 13 1 scaled

काठमाडौं, १५, पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।

यसैको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले टुँडिखेलमा आयोजित तमु ल्होसार २०७८ को उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवालाई आयोजकले गुरुङ पहिरन पहिर्‍याइदिएका थिए।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

तस्विरहरु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७