सनराइज बैंकको साधारणसभा सम्पन्न, घोषणा भएको लाभांश पारित


१५ पुष २०७८, बिहीबार

काठमाडौं, १५ पुस । सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभामा सम्पन्न भएको छ। बैंकले यसअघि घोषणा गरेको लाभांश बिहीबारको साधारण सभाले पारित गरेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको साधारण सभाले बैंककोे चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

६३ करोड ९ लाख ४८ हजार ३ सय ९ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पास भएको बैंकले जानकारी दिएको हो। त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.३५ प्रतिशत दरले हुन आउने रकम ३ करोड ३२ लाख सात हजार आठ सय पाँच रुपैयाँ वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

प्रतिष्ठित व्यावसायिक घरानाहरु संस्थापक तथा कुशल व्यवस्थापक रहेको यस बैंक मिति २०६४ साल आश्विन २५ मा स्थापना भएको हो।

बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ र ३९ पैसा रहेकोमा साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजीमा बृद्धि गरी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार आठ सय आठ रुपैयाँ ६० पैसा कायम हुन गएको छ।

साथै सनराइज बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७