किन सरकारमा गएन फोरम ? यस्तो रहेछ भित्रि कुरा


२ चैत्र २०७४, शुक्रबार
oli upendra mahantha

काठमाडौं, २ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो चरणमा विस्तार गर्दै गरेको मन्त्रिमण्डलमा मधेसी दलहरु पनि समावेश हुने चर्चा चलिरहेका बेला मधेसी दलको सहभागिता यस पटक पनि भएन ।oli upendra mahantha 1

सरकारमा जाने टुङ्गो लगाएको संघीय समाजवादी फोरम आज (शुक्रबार) को मन्त्रिमण्डलमा नगएपछि राजनीति वृत्तमा विभिन्न कोणहरुबाट टिका–टीप्पणी शुरु भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आफ्ना मन्त्रीहरुको नाम दिंदै आजै थप सहभागिता जनाउँदैछ । आज ५ बजे नयाँ मन्त्रीहरुले सपथग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । तर, संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा जाने कुराको अझै टुंगो लाग्न सकेको छैन । आफ्ना मुद्दाहरु सम्बोधन हुने गरी सरकारमा जाने निर्णय गरेको फोरमले प्रधानमन्त्रीले लिखित प्रतिवद्धता नजनाएसम्म सरकारमा जाने जाँगर देखाएको छैन ।

प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका बेला फोरमले भने अझै केही दिन कुर्ने अडान लिएको हो । फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयबाट दिनुपर्ने अडान राखेको छ । प्रदेशको सीमांकनसहितका आफ्ना मागको सम्बोधन हुने ग्यारेन्टी नभएसम्म सरकारमा नजाने फोरमका महासचिव रामसहाय यादवले बताए ।
फोरमबाट अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने पक्का पक्की छ । तर अर्को मन्त्रालय लिने नेताबारे अहिलेसम्म टुंगो लागेको छैन । राजेन्द्र श्रेष्ठले अर्को मन्त्रालयमा बलियो दाबेदारी गरेका छन् । तर, उनीसँगै मोहम्मद इस्तियाक राई र रेणु यादवले पनि बलियो दाबेदारी प्रस्तुत गरेका छन् । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउन केपी ओली नेतृत्वको सरकारले मन्त्रालय बढाउने निर्णय पनि गरिसकेको छ ।

फोरमसँगै राष्ट्रिय जनता पार्टिले पनि सरकारमा जान ओली सरकारसँग कम्तिमा पनि ३–३ मन्त्रालय मागेका छन् । फोरमलाई ओलीले शुक्रबारै सरकारमा ल्याउन खोजेका छन् । तर फोरमले सरकारमा जाने व्यक्तिबारे पदाधिकारी बैठकबाट सहमति जुटाएकै छैन । आकांक्षी धेरै भएपछि अध्यक्ष यादव अफ्ठेरोमा परेका छन् । फोरमले यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ । राजपाले भने सरकारलाई समर्थन गरे पनि सरकारमा जाने निर्णय गरिसकेको छैन । उसले पनि तीन मन्त्रालय मागेको छ । फोरम र राजपा सरकारमा जाने भएमा ओली नेतृत्वको मन्त्रिमण्डल कम्तिमा पनि २२ सदस्यीय हुनेछ । सरकारमा संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७