अदालतमा निवेदन दिएको १० वर्षपछि अभिनेता अर्नोल्ड र पत्रकार मारियाबीच सम्बन्ध विच्छेद


१६ पुष २०७८, शुक्रबार
Arnold Maria K1KgZOuaiZ

काठमाडौं । हलिउड अभिनेता अर्नोल्ड स्वार्जेनेगर र अमेरिकी पत्रकार मारिया श्रीभरबीच सम्बन्ध विच्छेद भएको छ । लस एन्जल्सको अदालतमा गएर उनीहरूले ३५ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका हुन् ।

सम्बन्ध विच्छेदका लागि मारियाले निवेदन दिएको १० वर्षपछि कानुनी प्रक्रिया पूरा भएको हो । उनीहरूबीच झण्डै ४० करोड अमेरिकी डलर बराबरको सम्पत्तिमा विवाद भएपछि अदालतले सम्बन्ध विच्छेदको निणर्य गर्न १० वर्ष लगाएको हो ।

चार वर्षको प्रेम सम्बन्धपछि उनीहरूले सन् १९८६ मा बिहे गरेका थिए । फिल्म ‘टर्मिनेटर’ बाट निकै लोकप्रिय बनेका अभिनेता आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्व गभर्नर समेत हुन् । उनले एक घरेलु महिला कामदारसँग सम्बन्ध राखेर बच्चा जन्मेपछि पत्नी मारियासँग सम्बन्ध बिग्रिएको हो । त्यसपछि मारियाले सन् २०११ मा सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् । उनीहरू त्यही बेलादेखि नै अलग्गै बस्न थालेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७