बाइडेनलाई पुटिनको चेतावनी : नयाँ प्रतिबन्ध ठूलो गल्ती साबित हुनेछ


१६ पुष २०७८, शुक्रबार
putin biden q3l4mLQqeY

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर रुसमाथि नयाँ नाकाबन्दी लगाइए अमेरिकासँगको सम्बन्ध पुरै विच्छेद हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हिजो भएको टेलिफोन कुराकानीमा पुटिनले त्यस्तो कदम भयंकर गल्ती हुने बताएको क्रेमलिनका प्रवक्ताले जनाएका छन् । तर बाइडेनसँगको संवाद सन्तोषपूणर् रहेको पनि क्रेमलिनका प्रवक्ता युरी युसाकोभको भनाइ छ ।

५० मिनेट लामो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निणर्ायक जवाफ दिने बताएका थिए । युक्रेनको पूर्वी सीमा क्षेत्रमा रुसले एक लाख बढी सेना तैनाथ गरेपछि रुस र अमेरिकासहित पश्चिमा मुलुकहरुबीच तनाव चर्किदै गएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।

यससँगै पुटिनसामु सैन्य कारबाहीका विभिन्न विकल्प रहेको पश्चिमा सैन्य विश्लेषकहरुले बताएका छन्। क्षेप्यास्त्र आक्रमण, पूर्व वा दक्षिणबाट सानो स्तरको आक्रमण र साइबर हमलाको साथमा पुरै मुलुकभर विशाल आक्रमण गर्ने विकल्पमाथि पुटिनले सोचविचार गर्नेछन् ।

रुसले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमि रक्षाका लागि युक्रेनको सीमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ । बाइडेन र पुटिनबीचको कुराकानी निकै गम्भीर र अर्थपूणर् देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । कुराकानीपछि ह्वाइटहाउसका प्रेस सचिव जेन पास्कीले तनाव कम गर्न रुसले के गर्छ भन्ने विषयले अगाडिको बाटो निर्धारण गर्ने बताएका छन् । दुई देशका अधिकारीहरुबीच आगामी महिना जेनेभामा प्रत्यक्ष कुराकानी गर्ने तयारी पनि भईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७