सेनाका हवल्दार र प्रहरीका दुई परिचर रेडपाण्डाको छालासहित पक्राउ


१६ पुष २०७८, शुक्रबार
Red Panda skin

काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले नेपाली सेनाका एक हवल्दार र नेपाल प्रहरीका दुई परिचरलाई पक्राउ गरेको छ ।
चार थान रेडपाण्डको छालासहित महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौंको बसुन्धरास्थित द मयूर क्याफेबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-७ का निरबहादुर घले, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका-१३ का सुरेश गिरी, नुवाकोट शिवपुरी गाउँपालिकाका-४ का कृष्णबहादुर तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-२ का मोहनकर्ण कार्की छन् ।

पक्राउ परेकामध्ये घले नेपाली सेनाका हवल्दार तथा तामाङ र कार्की नेपाल प्रहरीका परिचर भएका महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । ३० लाख रुपैयाँमा रेडपाण्डाको छाला बिक्री गर्न खोज्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको खापुङको भनाई छ । महाशाखाले उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७