गाडीको ठक्करबाट एक जनाको मृत्यु, हापुरे सडकखण्ड अवरुद्ध


१६ पुष २०७८, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

दाङ । दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पहिचान हुन नसकेको गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका-६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

केसीलाई आज बिहान ४ बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
तुलसीपुर सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण-६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको पत्ता लागेको छैन । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।

शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७