दुईटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार जना घाइते


१६ पुष २०७८, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-५ मा दुईटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे आपसमा ठोक्किएका थिए ।

गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-२ का १९ वर्षीय बिमल रानाको उपचारको क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरीमा आज बिहान पिकअप भ्यानले ठक्कर दियो
यसैबीच आज बिहान सुनसरीको कोशी गाउँपालिका-८ नन्कुटोलमा पिकअप भ्यानको ठक्करबाट एक जना पुरुष गम्भीर घाइते भएका छन् ।

नाम थर ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष घाइते भएका हुन् । आज बिहान साढे ३ बजे ना ४ ख ६३६७ नम्बरको पिकअप भ्यानले उनलाई ठक्कर दिएको थियो । उनको उपचार जिल्ला अस्पताल इनरुवामा भइरहेको छ । पिकअप भ्यानसहित चालकलाई सीमा प्रहरी चौकी भाण्टाबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७