कोरोनाको चौथो लहर टरेको भन्दै दक्षिण अफ्रिकाले हटायो रात्रिकालीन कर्फ्यु


१६ पुष २०७८, शुक्रबार
south africa corona 5elOS56hrL

काठमाडौं । दक्षिण अफ्रिकाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमणको लहर सकिएको हुन सक्ने बताएको छ । पछिल्लो समय कोरोनाका नयाँ संक्रमितको संख्या घटेसँगै दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु पनि हटाएको छ ।

दक्षिण अफ्रिकाले ओमिक्रोन भेरियन्टसहितको संक्रमणको लहरमा यसअघिको लहरको तुलनामा अस्पताल भर्ना हुनेको संख्या कम भएको बताएको छ । दक्षिण अफ्रिकाले कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि केही मात्र वृद्धि भएको बताएको छ ।

पहिलोपटक दक्षिण अफ्रिकामा पत्ता लागेको ओमिक्रोन भेरियन्ट अहिले विश्वभर तीव्र गतिमा फैलिएको छ। यद्यपि यो भेरियन्टको विषयमा धेरै कुरा भने यकिन हुन बाँकी छ । यसअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आगामी दिनमा कोरोना संक्रमणको सुनामी आउन सक्ने चेतावनी दिएको थियो ।

दक्षिण अफ्रिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बर २५ अघिको एक सातामा मुलुकमा ८९ हजार नयाँ संक्रमित थपिएका थिए । जबकी अघिल्लो साता नयाँ संक्रमितको संख्या १ लाख २७ हजार थियो । अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकामा कोरोना संक्रमणको लहर उच्च भइसकेको भए पनि अझै पनि स्वास्थ्य प्रणालीले सामान्यरुपमा काम गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७