जनमत पार्टीको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित


१६ पुष २०७८, शुक्रबार
ck raut banda

बर्दिया । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालका लागि आह्वान गरेको दिवाकालीन यातायात बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ ।

यातायात सेवा ठप्प पार्न भनी परिपत्र गरेका कारण दिवा सेवाका सवारी साधन बन्द गरेको कृष्णसार बस व्यावसायिक समिति गुलरियाका प्रतिनिधि रणबहादुर खड्काले बताए । जनमत पार्टीको नेतृत्वमा विभिन्न माग लिएर करिव एक हप्तादेखि किसानको पक्षमा भन्दै आन्दोलन भइराखेको छ । तर सरकारले हालसम्म आन्दोलनलाई बेवास्ता गर्दै आएको छ ।

269967328 635676571022177 5927415765633217141 n 536x768 1

किसानको माग अनुसार मन्त्रीस्तरीयर उच्चस्तरीय वार्ता टोली गठन नगरेको, किसान आन्दोलनको ज्ञापन पत्र लिन समेत सरकारको कार्यालयले अस्वीकार गरेको, उल्टा आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको, आन्दोलनकारीको अङ्गभङ्ग हुने गरी कुटपिट गरेको, किसानमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको र किसान आन्दोलनको ७ बुँदे मागमध्ये कुनै पनि पुरा नगरेको भन्दै जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निणर्य गरेको छ ।

कार्यक्रममा २०७८ पुस १५ गते बिहीबारदेखि तराई मधेशका जिल्लाहरुमा पूर्व पश्चिम राजमार्ग दिवाकालका लागि अनिश्चितकालीन बन्द गर्ने र २०७८ पुष १५ गते बिहीबार देखि नै तराई मधेशका जिल्लाहरुमा संघीय मन्त्रीहरु उपस्थित रहने कार्यक्रममा बिरोध प्रदर्शन गर्ने जनमत पार्टी बाँकेले जनाएको छ ।

केन्द्रीय कार्यक्रम अनुसार बिहीबार बाँके जिल्लामा बन्द गर्ने क्रममा खजुराबाट क्रममा जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ समेत गरेको थियो । पक्राउ पर्नेमा जनमत पार्टी जिल्ला अध्यक्ष जाबिर हलवाइ, रियाज अहमद शेख, प्रलहाद यादव, हरपाल सिह सोडि, राजिव राम बर्मा, सलिम अन्सारी, हेमराज धोवी, बिष्णुकुमार तमिल र बिष्णु खटिक रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७