प्रचण्डले जवाफ दिनुअघि बन्द सत्रस्थलमै माओवादीको स्थायी कमिटी बैठक


१६ पुष २०७८, शुक्रबार
mao 4

काठमाडौं । काठमाडौंको कमलादीमा जारी आठौं महाधिवेशनको बन्द सत्र हलमै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ ।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा २५ समूहले दिएका सुझाव र प्रश्नबारे जवाफ दिनुअघि प्रज्ञा प्रतिष्ठानको भवनमा स्थायी कमिटीको बैठक शुरु गरिएको हो । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।

आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिंदै छन् । अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदनहरु संशोधनसहित पारित गर्ने र नेतृत्व चयन प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७