भक्तपुरमा आफ्नै घरको चार तला माथिबाट खसेर किशोरीको मृत्यु


१६ पुष २०७८, शुक्रबार

भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलविनायकमा चार तले घरबाट खसेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

आज बिहान सवा ६ बजे ४ तला माथिबाट खसेर उनी घाइते अवस्थामा फेला परेकी थिइन् । बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा बिहान साढे ६ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनी कसरी खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७