विवाहकै राती दुलही पाँच महिनाको गर्भवती रहेको दुलाहले थाहा पाएपछि …


१६ पुष २०७८, शुक्रबार
bihe

काठमाडौं । भारतको उत्तर प्रदेशको मेरठमा एक दुलाहले विवाह गरेकै दिन आफ्नी नवदुलही पाँच महिनाको गर्भवती रहेको थाहा पाएपछि उजुरी दिएका छन् । विवाहको पहिलो राति श्रीमती ५ महिनाको गर्भवती भएको थाहा पाएपछि ससुराली पक्षले आफूलाई फसाएको भन्दै कारबाहीको माग गर्दै प्रहरीकहाँ उजुरी दिएका हुन् ।

आफ्नी श्रीमतीको गर्भावस्थाको बारेमा ससुरालीमा जानकारी गराउँदा ससुराले उल्टो झुटो मुद्दामा फसाउने धम्की दिएको ती युवकले बताएका छन् । यति मात्र नभई ससुराली पक्षले युवकसँग १० लाख रुपैयाँ समेत माग गरेका छन् । आफूमाथि अन्याय भएको भन्दै ती युवकले कारबाहीको माग गर्दै लिखित उजुरी दिएका हुन् ।

विवाहको रात श्रीमानलाई शंका लागेपछि उनले आफ्नी आमालाई यो कुरा बताएका थिए । त्यसपछि श्रीमती (नव विवाहित) लाई अस्पताल लगिएको थियो। त्यहाँ अल्ट्रासाउण्ड रिपोर्ट हेरेपछि उनको पेटमा ५ महिनाको गर्भ रहेको पत्ता लागेको हो। उनको पेटमा जुम्ल्याहा बच्चा हुर्किरहेको बताइएको छ ।

तर, ती दुलहीको माइती पक्षले यो कुरा मानिरहेका छैनन् । बरु उल्टै दुलाहलाई फसाउने धम्की दिइरहेका छन् । हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको आजतकमा समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७