चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट


१६ पुष २०७८, शुक्रबार
Chandragiri

काठमाडौं । ‘आईएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत पैसा फिर्ताको अफर सार्वजनिक गरेको छ ।

अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुने कम्पनीले जनाएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत कम्पनीले क्यासब्याकको अवधि जनवरी १ सम्म लागू हुने जनाएको छ ।

सोही अफर आईएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ । झण्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७