मिनिट्रक बुढीगण्डकीमा खस्दा चालकसहित दुई जनाको घटनास्थलमै गयो ज्यान


१६ पुष २०७८, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

गोरखा । गोरखामा मिनिट्रक दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गोरखाको आरुघाटबाट माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनिट्रक शुक्रबार मध्यान्ह १२ बजेतिर बुढीगण्डकीमा खस्दा दुई जनाको मृत्यु भएको गोरखाका डीएसएपी प्रकाश दाहालले जानकारी दिए ।

मृत्यु हुनेमा चालक शिराचन नेपाल रहेका छन् भने अर्का एक जनाको मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसार मिनिट्रकमा ६ जना सवार थिए । घाइतेमध्ये आसमान गुरुङ गम्भीर घाइते भएकाले उपचारका लागि रिफर गरिएको छ । मिनिट्रक सडकबाट १०० मिटर तल खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७