कृषि क्षेत्रको विकासबाट मात्र नेपाल आत्मनिर्भर बन्छ : अर्थमन्त्री


१६ पुष २०७८, शुक्रबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नती सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४ औं वार्षिक साधारण सभामा उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘किसान, भूमि, हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दामात्रै हाम्रो देशको विकास र उन्नती हुने भएकाले किसानहरुको राष्ट्र निर्माणमा महत्वपूणर् भूमिका छ । यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यकता छ’, अर्थमन्त्री शर्माले भने, ‘हाम्रो बारीहरु बाँझो हुँदा हामी आयातित बस्तुहरु खाइरहेका छौं । उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि हाम्रो मुख्य माध्याम कृषि नै हो । कृषि क्षेत्रलाई व्यवस्थित, संगठित, परिचालित र राज्यको विशेष लगानीका आवश्यक्ता छ । आज कृषि क्षेत्र उपेक्षित छ । कृषि क्षेत्रले पाउनुपर्ने सेवा र सुविधा पाइरहेको छैन ।’

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्वीकार गर्दै अब उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७