तीन वटै तहको चुनाव समयमै हुन्छ : गृहमन्त्री खाण


१६ पुष २०७८, शुक्रबार

कास्की । गृहमन्त्री बालकृष्ण खाणले तीनै तहको चुनाव समयमै सम्पन्न हुने बताएका छन् । गृहमन्त्री खाणले तीन वटै तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आज शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नागरिकबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने गरी सबै तहको चुनाव हुने बताए ।

गृहमन्त्री खाणले भने, ‘सबै चुनाव समयमै सम्पन्न हुनेछन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ । निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने खालको निर्वाचन समयमै सम्पन्न गरिनेछ ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७