कुलमानकाे दाबी : आजबाट झ्याप-झ्याप विजुली जाने समस्या हुँदैन

‘विद्युत् नपुगेर होइन, ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गएको हो’


१६ पुष २०७८, शुक्रबार
kulman
फाइल फोटो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको स्पष्ट पारेका छन् ।

शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताए ।

यद्यपि, आजबाट यो समस्या समाधान हुने बताए । उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने अवस्था रहेको बताए । उनले काठमाडौं उपत्यकामा अब नौवटा सबस्टेशन थपिँदै गरेकाले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा दुई हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए ।

‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौंमा मात्रै हो । यो सप्लाईको कारणले भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौंका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरुमा मात्र समस्या भएको हो’, प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिव साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका छौँ । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७