गिरीराजमणि पोखरेलमाथि लगाइएको आरोपबारे छानबिन गरिने


१६ पुष २०७८, शुक्रबार
girirajmani pokharel

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरीराजमणि पोखरेलमाथि लगाइएको आरोपमाथि छानबिन गरिने भएको छ । अध्यक्ष प्रचण्डले पोखरेलमाथि अपराधीकरणको गलत आरोप लगाइएको बताए । उनले भने, ‘गिरीराजमणि पोखरेलमाथि अपराधिकरणको आरोप लगाउनु गलत हो । आरोप लगाउनेमाथि छानबिन गर्छौ ।’

पोखरेलमाथि शहीद रामवृक्ष यादवको महोत्तरीको खैरमारामा रहेको शालिक हटाएर निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर अपराधिक कृयाकलाप गरेको भन्दै आरोप लगाइएको थियो । सेना समायोजनपछि खैरमारामा जनमुक्ती सेनाको ब्रिगेड राखिएको थियो । सो ठाउँमा शहिद रामवृक्ष यादवको शालिक थियो । सो शालिक छोपिएर राखिएको अवस्थामा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७