बेमौसमी वर्षाको असर : धान उत्पादन चार लाख ९० हजार मेट्रिक टन घट्यो


१६ पुष २०७८, शुक्रबार
dhan 2

काठमाडौं । बाली भित्र्याउने बेलामा भएको बेमौसमी बर्षापछिको असरका कारण यस वर्ष धान उत्पादन ओरालो लागेको छ । गत वर्ष भन्दा यस वर्ष चार लाख ९० हजार मेट्रिक टन धान कम उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका एक अधिकारीका अनुसार गत वर्षको तुलनामा ८.७४ प्रतिशत धान कम उत्पादन भएको हो । धानको तथ्याङ्क सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको मन्त्रालयका अनुसार यस वर्ष ५१ लाख ३० हजार ६०० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसपालि ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो । तर असोजको अन्तिम हप्ता आएको बेमौसमी वर्षाका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७