चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट


१६ पुष २०७८, शुक्रबार

काठमाडौं, १६ पुस । ‘आईएमई पे’ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत पैसा फिर्ताको अफर सार्वजनिक गरेको छ।

अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुने कम्पनीले जनाएको छ। आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित कम्पनीले क्यासब्याकको अवधि जनवरी १ सम्म लागू हुने जनाएको छ।

सोही अफर आईएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ।

झण्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७