‘कतिपयले प्रचण्ड चिल्लो गाडी छाडेर फेरि झुपडीमा जान सक्लान् त पनि भन्ने गर्छन्’


१७ पुष २०७८, शनिबार
Prachanda 6

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् । उनले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले विचारको विकास गर्न पार्टीले निर्वाचनलगतै विशेष महाधिवेशन गर्ने जनाए ।

विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यकता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए । अहिलेको दस्तावेजलाई पूणर् दस्तावेजका रूपमा नबुझ्न आग्रह गर्दै उनले विशेष महाधिवेशनमा विशेष रूपले बहस तथा छलफल हुने दृढता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षण गरेको बताए । उनले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखिएको जनाए । उनले नेपाली जनताका सपना पूरा गर्न आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको बताए । माओवादी आन्दोलन जतिसुकै बिग्रेको भए पनि क्रान्तिकारी पार्टी निर्माणका लागि जस्तोसुकै त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारे ।

‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्लान् त ? चिल्लो गाडी छोड्न सक्लान् त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाँझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउन, जस्तोसुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’ राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७