प्रहरीको ‘कंगारु कोर्ट’, ठाउँको ठाउँ गोली हानी सजाय


१७ पुष २०७८, शनिबार

काठमाडौं । गैरकानुनी रुपमा ढुंगागिट्टी उत्खनन गरी बनाइएको खाडलमा असेर १२ वर्षीय बालकको ज्यान गएपछि २०७६ असार १४ मा सर्लाहीमा भएको प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्‍यो, प्रहरीले टाउकोमा गोली हान्दा स्थानीय सरोजनारायण सिंहको मृत्यु भयो ।

भारतमा सवारी चालकका रुपमा कार्यरत २७ वर्षीय दीपेन्द्र चौधरीलाई पक्राउ गरी नेपाल ल्याएर सप्तरीको रुपनी (राजविराज सडकखण्डमा दिउँसो ४ बजेतिर गोली हानिएको दाबी परिवारको छ । प्रहरीले भने उनी तराईको सशस्त्र समूहको सदस्य भएको भन्दै भिडन्तमा मारिएको दाबी गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएपछि प्रहरीले ९ वटा गोली हानी मारेको मानवअधिकारी आयोगको रिपोर्टको ठहर छ । प्रहरीले आत्मरक्षा र भिडन्त भनी दाबी गरेकोमा कुनै पनि कोणबाट पुष्टि नभएको आयोगले स्पष्ट पारेको छ ।

नियन्त्रणमा लिएपछि थप अनुसन्धान गरी दोषअनुसारको सजाय हुनुपर्नेमा प्रहरीले ठाउँको ठाउँ गोली हान्ने प्रवृति नेपालमा बढेको भन्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चयुक्तको कार्यालयले एक दशकदेखि राखेको चिन्ता पनि नेपाल रिकारले बेवास्ता गर्दै आएको छ ।

२०६४ पुसदेखि ३०६७ जेठसम्ममा ५७ जनाको ज्यान गएका ३९ घटनाको अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा कार्यालयले ‘घातक बलको गैरकानुनी प्रयोगु भएको र ‘घटनालाई ढाकछोप गर्ने सरकारी नीति’ रहेको ठहर गर्दै दोषीमाथि कारबाहीका लागि ध्यानाकर्षण गरेको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७