रुसले गर्‍यो हाइपरसोनिक क्रुज मिसाइल परीक्षण


१७ पुष २०७८, शनिबार
Russia hypersonic dD4Zh4sMvC

काठमाडौं । रुसले हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको छ । इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार शुक्रबार रुसले एक फ्रिगेटबाट करिब १० ओटा हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको हो भने थप दुईओटा मिसाइल उसले पनडुब्बीबाट गरेको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस पनि हतियारको नयाँ पुस्ताको एक हिस्सा बनेको बताएका छन् । उनले यसअघि गत साता गरिएको मिसाइल परीक्षणलाई देशको महत्वपूणर् घटना भएको बताएका थिए ।

एक सम्बोधनको क्रममा पुटिनले रुसको रक्षा क्षमता बढाउने दिशामा यो कदम निकै महत्वपूर्ण भएको बताएका थिए । यद्यपि केही विशेषज्ञहरुले भने रुसको हतियार प्रभावकारी हुनेमा आशंका व्यक्त गरेका छन् । सन् २०१८ मा पुटिनले हाइपरसोनिक क्रुज मिसाइलले विश्वको कुनै पनि स्थानलाई निशाना बनाउन सक्ने र अमेरिकाको मिसाइल सुरक्षा प्रणालीलाई पनि यसले तोड्न सक्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७