‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै


१७ पुष २०७८, शनिबार
A division 8dX15b7ms1

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । सातौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जावलाखेलबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ । दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । ६ खेलबाट ७ अंक जोडेर थ्री स्टार लिगको आठौं स्थानमा रहेको छ भने ६ खेलबाटै ७ अंक जोडेर जावलाखेल नवौं स्थानमा रहेको छ ।

रंगशालामा हुने अर्को खेलमा संकटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह पौने पाँच बजे सुरु हुनेछ । दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । ६ खेलबाट १२ अंक जोडेर संकटा क्लब तेस्रो स्थानमा रहेको छ । ६ खेलबाटै ४ अंक जोडेर च्यासल १३ औं स्थानमा रहेको छ ।

पोखरा रंगशालामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र ब्रिगेडबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ ६ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने दबाब छ । ब्रिगेड ६ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७