कस्तो रहला आजको मौसम ?


१७ पुष २०७८, शनिबार
jado

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज (शनिबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ । यतिबेला तराईका केही स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भगेका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।

यस्तै राति पनि देशभर मौसम आंशिक बदली हुने सम्भावना छ । प्रदेश-१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।

जसमा भनिएको छ ः गण्डकी प्रदेश र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७