जम्मु-कश्मिरको मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु, २० घाइते


१७ पुष २०७८, शनिबार
jammu kashmir yE2v0DvnBa

काठमाडौं । भारत प्रशासित जम्मु-कश्मिरस्थित माता वैष्णोदेवी मन्दिरमा नयाँ वर्षको दिन श्रद्धालुहरुको अत्यधिक भिडभाडमा भागदौड मच्चिएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भागदौडमा परी १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जम्मु कश्मिरका डीजीपी दिलबाग सिंहले भने, ‘कटारास्थित माता वैष्णो देवी भवनमा १२ जनाको मृत्यु भएको छ ।

यो दुर्घटना बिहान पौने तीन बजे भएको थियो । प्रारम्भिक अध्ययनअनुसार एक विवादको कारण मानिसहरुले एकअर्कालाई धकेलाधकेल गर्न लागेका थिए । यसैक्रममा भागदौड सुरु भएको हो । समाचारमा बताइएअनुसार अझै पनि यो घटनामा मृत्यु हुने वा घाइते हुनेको यकिन संख्या आउन सकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यो घटनामा मृत्यु हुनेको परिवारलाई २/२ लाख राहत प्रदान गर्ने र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७